Skip to content

News Details

मुक्तक प्रतियोगिताको पन्ध्रौँ संस्करणका पीपला ढुंगाना विजयी घोषित

साहित्यपोस्ट विद्युतीय पत्रिकाको खुला मुक्तक प्रतियोगिताको चौँधौँ संस्करणमा ढुङ्गाना पिपला, मनिभक्त राई र भद्र घर्ती सर्वोत्कृष्ट मुक्तककारका रूपमा चयन भएका छन् ।यसैगरी केबि पारखी, भक्त रेग्मी, कोकिला चौधरी, पोखरेल उमाकान्त उपविजेता बनेका छन् ।त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर एवं साहित्य अन्वेषी लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा बसेको चार सदस्यीय टोलीले रीतपूर्वक प्राप्त भएका मुक्तकहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने आर पी गाउँले, युवराज भण्डारी र सुरज गैरेका रचनाहरूलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।

डा. लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा रहेको उक्त मुक्तक प्रतियोगिताको निर्णायकहरूमा पद्मकन्या कलेजकी उपप्राध्यापक ज्ञानु अधिकारी र साहित्यपोस्टकी मुक्तक सम्पादक निशा केसी रहेका छन् । चार जना निर्णायकहरूको निर्णयलाई साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले सहजीकरण गरेका थिए ।प्रधानसम्पादक कोइरालाले काव्य विभागलाई भने, “तोकिएको नियममा रहेर १३ मुक्तक प्राप्त भएका थिए । केही मुक्तकहरू नियमबाहिर रहेर पनि प्राप्त भएका थिए ।”पछिल्लो समय मुक्तककार आफैँले तोकेको विषयमा मुक्तक पठाउन सकिने सुविधा दिइएको थियो । यसलाई पाठकले खुब रूचाएको अनुभव गरिएको छ ।

५० सातासम्म चल्ने यस प्रतियोगिताबाट हरेक साता सर्वोत्कृष्ट हुने मुक्तकहरूलाई समेटेर वर्षका चर्चित मुक्तकसङ्ग्रह प्रकाशन गर्ने योजना छ । हरेक साता तीन मुक्तकका दरले एक वर्षमा उत्कृष्ट हुने ४ सय ५० मुक्तकहरूमध्येबाट पनि सर्वोत्कृष्ट तीन मुक्तकहरू छानेर त्यस्ता श्रष्टालाई सार्वजनिक अभिनन्दनसहित नगद पुरस्कार दिने योजना पनि बनाइएको छ । छानिएका ४ सय ५० मुक्तकको पुस्तकसमेत प्रकाशन गरिनेछ ।विजेताहरूलाई साहित्यपोस्ट, काव्य विभाग हार्दिक बधाई ज्ञापन गर्दछ । साथै मुक्तक प्रतियोगितामा भाग लिने सबैमा आभार प्रकट गर्दछ ।

EMAIL
PHONE
ADDRESS
Radio Rodhi isn’t just a station. it’s a voice that connects hearts, inspires minds, and brings communities together.
©2026  Radio Rodhi. All Rights Reserved